यूकेकै नेपालीभाषी चर्चको पहिलो ऐतिहासिक यूवा सम्मेलन सकियो

 
कुमारसिंह विष्ट, लन्डन । ३ जुन, २०१८ । नेपाली ख्रीष्टियान काउन्सिल यूनाइटेड किंगडम (एनसिसियूके) यूवा समितिको आयोजनामा लन्डन अस्ट्रासटस्थित अम्पाएर बेनक्यूट हलमा आयोजना गरिएको ऐतिहासिक भनिएको एक दिने ‘यूके नेपाली ख्रीष्टियान यूथ वर्शिप मिडिया कन्फ्रेन्स २०१८’ सम्मेलन आशिष्मय प्रकारले सम्पन्न भएको छ । 

सम्मेलन स्थानिय समय अनुसार शनिबार विहान ११ बजे संचालन भएर अपराह्न ४ बजे सम्पन्न भएको हो । एनसीसीयूके यूवा समितिका प्रमुख तथा सम्मेलनका संयोजक पास्टर दोर्जे तिमोथी लामाका अनुसार यूकेमा भएका नेपालीभाषी चर्चहरुको इतिहासमा यो नै अहिलेसम्मकै पहिलो यूवा सम्मेलन भएकोले सम्मेलन यो मानेमा पनि ऐतिहासिक भएको दावी गर्नुभयो  ।

त्यसैगरि एनसीसीयूकेका अध्यक्ष पास्टर लिल गुरुङले यूवा सम्मेलन यूकेको नेपालीभाषी चर्चहरुको इतिहासमा पहिलो पटक आयोजना भएको र सम्मेलन आशिष्मय प्रकारले सम्पन्न भएकोमा आफू निकै हर्षित भएको बताउँनु भएको तुरहीलाई प्रतिक्रिया दिनुभयो । सम्मेलनमा यूकेभरिका प्रायः नेपालीभाषी चर्चबाट पास्टरअगुवा यूवायुवती र बालबालिकागरि करिव पाँच सयको सहभागीता रहेको थियो ।
त्यसैगरि एनसीसीयूकेका सचिव पास्टर कुमार रसाइलीले आज क्यामब्रिजस्थित तुरहीका सम्पादक तथा रडियोकर्मि कुमारसिंह विष्टसँगको कुराकानीमा यूवा सम्मेलन यूकेमा भएका नेपालीभाषी चर्चहरुको इतिहासमा पहिलो पटक आयोजना भएको दावी गर्नुभयो । 


एनसीसीयूके कार्य समितिका सदस्य तथा यूवा विभाग प्रमुख पास्टर दोर्जे तिमोथी लामाले यूकेका नेपालीभाषी चर्चहरुको वहुप्रतिक्षित यूवा सम्मेलन आशिष्मय प्रकारले सम्पन्न भएकोमा सहभागी चर्चहरुका सम्पूर्ण चर्चका यूवायूवतीहरु तथा पास्टरअगुवाहरुलाई तुरही न्यूजमार्फत धन्यवाद ज्ञापन गर्नु भएको छ । 

सम्मेलनमा लण्डन फेमीली सेन्टर चर्चकी वर्शिप लिडर एन्जीला लामाले केही समय अंग्रेजी भाषामा पनि सहभागीहरुलाई आराधनामा अगुवाइ गर्नु भएको थियो भने लण्डन फेमीली सेन्टर चर्चका क्वायर झुण्डका सुवर्ण पुन, आशिष् राज, जोन शर्मा, एन्जीला लामा, सिमा तामाङ पुन लगायतका कलाकारहरुले आशिष्मय प्रकारले आराधनामा अगुवाइ गर्नुभएको थियो ।

‘यूके नेपाली ख्रीष्टियान यूथ वर्शिप मिडिया कन्फ्रेन्समा’ यूनाइटेड किंगडमभरि रहेका नेपालीभाषी चर्चहरुको यती ठूलो सहभागीता भएको यो नै लण्डनको पहिलो यूवा सम्मेलन हो । यूवा सम्मेलनमा यूवा पास्टर दानिएल सुनुवारले आशिष्मय वचन प्रचार गर्नु थियो । उहाँले सम्मेलनमा यूवाहरुलाई लक्षित गर्दै सान्दर्भिक वचन वाँड्नु भएपछि सहभागीहरु पास्टरअगुवाहरु पास्टर सुनुवारप्रति धन्यवादी भएका थिए भने एनसीसीयूके(एलएफसी चर्च तथा अन्य चर्चका यूवाहरु)को संगित झुण्डले आशिष्मय प्रकारले आराधनामा अगुवाइ गरेको थियो । सम्मेलनका संयोजक पास्टर तिमोथीले यूवा सम्मेलनमा यूवा पास्टरलाई नै वचन वाँड्ने अवसर प्रदान गरेर यूवाहरुलाई सिक्ने मौका प्रदान गरेको कुरा तुरहीलाई बताउनु भयो ।

उक्त सम्मेलनका लागि नेपालबाट आउनुभएका लोकप्रिय गायक एड्रिन देवानले आफ्ना आधा दर्जन वढि गीतहरु प्रस्तुत गर्नुभई सवैलाई आशिषित तुल्याउँनु भयो । सम्मेलनमा गायक एड्रिन देवानले लाइभ गीत प्रस्तुत गर्नु भयो । यहाँस्थित एलएफसी चर्चका मुख्य गिटारिस्ट सुवर्ण पुनको संयोजकत्वमा गायक देवानले सम्मmेलनमा आधा दर्जन वढि गीतहरुलाई लाइफ गाउनु भएको थियो । एलएफसी चर्चका गिटारिस्ट सुवर्ण पुनको संयोजकत्वमा एनसीसीयूकेका क्वायर झुण्डका अन्य आधा दर्जन वढि सदस्यहरुले गायक देवानको गीतहरुमा लाइभ बाजा बजाउँनमा साथ दिएका थिए ।

गीत प्रस्तुतीकाक्रममा गायक देवानले आशिष्पूर्ण वचन पनि प्रचार गर्नु भयो । त्यसैगरि सम्मेलनमा गुड न्यूज एफ.एम.रेडियोका कार्यालय प्रवन्धक कुमारसिंह विष्टले मिडियाको महत्वको वारेमा कार्य पत्र प्रस्तुत गर्नुभयो । 

उक्त रेडियो उद्घोषण तालिममा यहाँका चर्चका यूवायूवतीहरुको उल्लेख्य सहभागीताका लागि एनसीसीयूके कार्य समिति सदस्य तथा लण्डनस्थित रेडियो उपहारका प्रमुख पास्टर दोर्जे तिमोथी लामाले व्यवस्थापन गर्दै हुनुहुन्छ । रेडियो उद्घोषण तालिम रेडियोकर्मी कुमारसिंह विष्टले प्रदान गर्नुहुने छ भने तालिम यसै साता लण्डनस्थित रेडियो उपहारको स्टेशनमा संचालन हुने छ ।
सम्मेलनका संयोजक पास्टर दोर्जे तिमोथी लामाले सम्मेलनका लागि धेरै समयदेखि पूर्व तयारीमा सहयोग गर्नुहुने पास्टरअगुवाहरु, एनसीसीयूके संगित झुण्ड, साउण्ड सिस्टममा सहयोग गर्नुहुने लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

ऐतिहासिक मानिएको यो सम्मेलनको अर्को अर्थपूर्ण पक्ष त के थियो भने एनसीसीयूकेको यूवा समितिले एक दिने यूवा सम्मेलन आयोजना मात्र गरेन तर सम्मेलनस्थलमा सहभागी हुन आउने सहभागीको दर्तादेखि आराधनामा अगुवाइ, व्यवस्थापन,वचनको भाग, सूचनाको भाग लगायत एनसीसीयूकेको केन्द्रीय कार्य समितिले सम्पूर्ण भागको जिम्मेवारी यूवा समितिलाई दिएको थियो । 

यो सम्मेलनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी एनसीसीयूके यूवा समितिका प्रमुख तथा यूवा पास्टर दोर्जे तिमोथी लामा र यूवा समितिका अन्य पदाधीकारीहरुले कुशलतापूर्वक गर्नुभएको थियो ।
यो सम्मेलनमा सहभागीताका लागि नेपालबाट गायक एड्रिन देवान र रेडियोकर्मि कुमारसिंह विष्टलाई याहाँस्थित लण्डन फेमेली सेन्टर (एलएफसी) चर्चको तर्फबाट पास्टर रेभ.दोर्जे तिमोथी लामाले अफिसियल निम्तो दिनु भएको थियो । फलस्वरुप उनीहरु सम्मेलनमा सहभागी हुन लण्डनमा आई पुगेका थिए ।
सम्मेलनमा वचन प्रचारको जिम्मेवारी पनि यूवा पास्टर शमूएल सुनुवारलाई दिइएको थियो भने सम्मेलनको अन्तिम प्रार्थना पनि यूवा पास्टर दोर्जे तिमोथी लामाले गर्नु भएको थियो । 
सम्मेलनमा उल्लेख्यरुपमा यूवायूवतीहरुको सहभागी भएको देख्दा एनसीसीयूकेका अध्यक्ष पास्टर लिल गुरुङ, सचिव पास्टर कुमार रसाइली, कोषाध्यक्ष पास्टर चन्द्र सुनुवारलगायतकाहरुले सम्मेलन आशिष्मय र इङल्यांडभरिमा भएका नेपालीभाषी चर्चहरुको पहिलो सम्मेलन भएको दावि गर्नुभयो ।