६३ वर्षिया डम्मरकुमारी राई आमाको अन्तिम इच्छा आफ्नो गाउँमा मण्डली स्थापना गर्ने । तस्बिरः कुमारसिंह विष्ट

कुमारसिंह विष्ट । उदयपुरबाट फर्केर । उदयपुर जिल्लाको सदुमुकाम गाईघाटबाट करिव एकसय किलोमिटर हुबास भन्ने दुर्गम गाउँकी ६३ वर्षिया डम्मरकुमारी राई आमाले आफ्नो अन्तिम इच्छा आफ्नो गाउँमा मण्डली स्थापना गर्ने बताउनु भएको छ । 
विगत तीस वर्षदेखि खुट्टाले हिड्न नसक्ने यी आमाको हातखुट्टाले घ्रिसेर दैनिकी चल्छ । यी आमाले करिव एक वर्ष अघि मात्र येशूलाई आफ्नो जीवनको मुक्तिदाता र जीवनदाता भनेर ग्रहण गर्नुभएको हो । अपांग भएदेखि मदिार सेवनको लतमा परेकी आमाले येशूलाई ग्रहण गरेको दिनदेखि सम्पूर्ण लत छोडेको बताउनु भयो । 
उहाँले यसै माघ महिनाको अन्तिम साता मात्र पानिको बप्तिस्मा लिनुभएको छ । उहाँको आफ्नो गाउँमा मण्डली वनाउने इच्छा भएको हुनाले देशविदेशबाट इच्छुक व्यक्तिले सहयोग गरिदिन हामी अनुरोध गर्दछौ ।