2RGR बिट्रिस मिलेटरी झुण्ड ब्रुनाईद्धारा २ सय घरधुरीलाई खाद्यान्न वितरण

रेडियो उपहार । १ वैशाख ०७६ । काठमाडौं । आत्मिक उपहार मिडियाको संयोजन र ब्रुनाईस्थित टुआरजीआर बिट्रिस मिलेटरी झुण्ड ब्रुनाईको आर्थिक सहयोगमा काठमाडौंमा ज्याला मजदुरी गरिखाने विपन्न परिवारका सदस्यहरु तथा शारीरिकरुपमा अशक्तलगायतका दुई सय  परिवारलाई राहातस्वरुप खाद्यान्न वितरण गरिएको छ । 

प्रत्येक परिवारलाई राहातस्वरुप १५ किलो चामल, दुई किलो दाल, १ किलो नुन र १ किलो मस्यौडा वितरण गरिएको हो । राहत वितरण कार्यक्रमको व्यवस्थापन यूवा अभियान्ता तुलसी श्रेष्ठले गर्नु भएको थियो । 
ब्रुनाईस्थित टुआरजीआर बिट्रिस मिलेटरी झुण्डका सदस्य शिलास चाम्लिङ राईले राहात वितरण कार्यक्रमका लागि आर्थिक व्यवस्थापन गर्नु भएको थियो ।


आज वैशाख १ गते विहान ११ बजे जोरपाटीमा आयोजित राहत वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं.६का वडा अध्यक्ष रमेश अर्यालको वाहुलीबाट राहत वितरण कार्यक्रम सम्पन भएको हो । 
राहात वितरणपछि उपहार मिडियासँग कुरा गर्दै अध्यक्ष अर्यालले ब्रुनाईमा रहनु भएका बिट्रिस गोरखा सैनिकहरुलाई धन्यवाद दिदैं यस्तो महामारीको अवस्थामा विपन्न परिवारका सदस्यहरुलाई राहात वितरण गरेर दुई सय परिवारलाई जीवनमा नभुल्न सक्ने गुन लगाउनु भएकोमा भन्दै टुआरजिआर बिट्रिस मिलेटरी झुण्ड ब्रुनाईको प्रशंसा गर्नु भयो ।

त्यसैगरि परिलो चरणको राहात कार्यक्रम जोरपाटीमा सकेर दोस्रो चरणको राहात कार्यक्रम किर्तिपुर, सिनामंगल, सातदोवाटो, कालीमाटी, टेकु, बालकुमारी, कोटेश्वर र बौद्धमा गई राहत वितरण गरिएको थियो । 
राहात वितरणमा यूवा समाजसेवी तुलसी श्रेष्ठ, उपहार मिडियाको तर्फबाट कुमारसिंह विष्ट, तुरही मिडियाको तर्फबाट संचारकर्मी सुनिलराज लामालगायत अन्य पाँच जना स्वयंसेवक हुनुहुन्थ्यो ।
खाद्यान्न पाएपछि उहाँहरु टुआरजीआर बिट्रिस मिलेटरी झुण्ड ब्रुनाईका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिनु भएको थियो ।